नागरिक स्वास्थ्यप्रति संवेदनशील हुन आग्रह

समाचार
शेयर गर्नु होला

काठमाडौँ – राष्ट्रिय मानव अधिकार आयोगले कोभिड–१९ को नयाँ प्रजाति ओमिक्रोन बढेसँगै नागरिकको स्वास्थ्य सुरक्षामा थप संवेदनशील हुन सरकारलाई आग्रह गरेको छ । कोभिड–१९ को रोकथामको तयारी र प्रयासका सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगले सोमबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेल र गृह मन्त्रालय सहसचिवलगायतसँगको छलफलमा यस्तो आग्रह गरेको हो।

कोभिड–१९ को तेस्रो लहर नियन्त्रणका लागि सरकारको योजना, अस्पतालहरूको क्षमता, सार्वजनिक यातायातमा लगाइेको जोरबिजोर प्रणाली, बुस्टर डोज र बालबालिकालाई दीने खोपमा पहुँचबारेमा छलफल भएको छ । छलफलमा आयोगका अध्यक्ष तपबहादुर मगरले यी विषय राखेका थिए ।

यसैगरी अत्यावश्यक वस्तुमा सर्वसाधारणको सहज पहुँच, औषधिको कृत्रिम अभाव हुन नदिन गरिनुपर्ने अनुगमन तथा कानुनी कारबाही, सर्वसाधारणको जानकारीका लागि प्रभावकारी र सही सूचना प्रवाहबारे जानकारी लीएको आयोगले जनाएको छ ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *