फ्रान्समा एकै दिन पाँच लाखभन्दा बढी कोरोना सङ्क्रमित

अन्तर्राष्ट्रिय
शेयर गर्नु होला

पेरिस – फ्रान्समा एकै दिन ठूलो सङ्ख्यामा कोरोना सङ्क्रमित भेटिएका यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । फ्रान्समा पछिल्ला केही दिन यता युरोपका अन्य देशहरुमध्ये सबैभन्दा बढी सङ्क्रमित फेला परेका हुन।

फ्रान्समा पछिल्लो २४ घन्टामा ५ लाखभन्दा बढीमा सङ्क्रमण देखिएको बताइेको हो । फ्रान्सका सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ गएको २४ घण्टामा ५ लाख १ हजार ७७९ जनामा सङ्क्रमण देखिएको हो । फ्रान्समा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै सङ्क्रमितको सङ्ख्या पनि दैनिक बढिरहेको अधिकरीहरुको भनाइ छ ।

यहाँका स्वास्थ्य मन्त्रीले अहिले आइसियुमा भर्ना हुने सङ्क्रमितको सङ्ख्या भने घटेको बताएका छन् । पछिल्ला समयमा यहाँ अस्पताल भर्ना हुने विरामी पनि घटेका पाइेको हो । यहाँका अस्पतालका अघिल्लो हप्तासम्म करिब ४ हजार जना सङ्क्रमित भर्ना भएकामा अहिले त्यसमा आधभन्दा बढी कमी आएको छ ।

उता गएको २४ घण्टामा मृत्यु भने ३६४ जना पुगेको पनि बताइेको छ । फ्रान्समा अहिलेसम्म कोभिडबाट १ लाखभन्दा बढीको मृत्यु भएको बताइेको छ । फ्रान्सबाहेक अन्य युरोपेली मुलुकहरू बेलायत, इटाली, ग्रीस, पोर्चुगललगायतमा पनि अहिलेसम्मकै उच्च सङ्ख्यामा सङ्क्रमित भेटिएका छन् ।

युरोपमा खासगरी क्रिसमस बिदा र नयाँ वर्षको पूर्वसन्ध्यामा मानिसको जमघट बढेकाले कोरोना तीव्र रूपमा फैलिएको बताइेको छ ।रासस /सिन्ह्वा


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *