काठमांडौ – सरकारले खोप अभियान सुरु गरेदेखि अहिलेसम्म दुई करोड ९६ लाख ६४ हजार ६०७ मात्रामा खोप लगाएको छ । जसमा एक करोड ६३ लाख ३३ हजार ९३७ जनाले कम्तिमा एक मात्रा र एक करोड ३१ लाख छ हजार ७२६ जनाले पूर्ण मात्रा खोप लगाएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको हो ।
मन्त्रालयको तथ्याङ्क अनुसार कुल जनसंख्याको ५३.८ प्रतिशतले कम्तिमा एक मात्रा र ४३.१ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् । लक्षित जनसंख्याको ८२ प्रतिशतले एक मात्रा र ६५.८ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् ।
सरकारले सोमबारसम्म कोभिसिल्डएस्ट्राजेनेका, भेरोसेल, जोनसेन, फाइजर मोर्डना गरेर अनुदान र खरिदमार्फत् ४ करोड ३८ लाख ८८ हजार ४० मात्रा खोप प्राप्त गरेको छ । जसमध्ये सरकारले १ करोड २० मात्रा खरिद गरेको हो भने अनुदान सहयोगमार्फत २ करोड ८३ लाख ८८ हजार ८ सय ४० प्राप्त गरेको छ । सरकारले सोमबार र मंगलबार गरेर विश्व बैंकको सहयोगमा ४० लाख मोर्डना खोप प्राप्त गरेको छ।
जसमध्ये कोभिसिल्डएस्ट्राजेनेकाको एक करोड २५ लाख २४ हजार ५६० मात्रा खोप प्राप्त गरेको छ। जसमध्ये ४४ लाख ८७ हजार ३०४ जनाले एक मात्रा, २८ लाख ५५ हजार ५४५ पूर्ण मात्रा र एक लाख चार हजार ९२९ जनाले अतिरिक्त मात्रा खोप लगाएका छन् । भेरोसेल एक करोड ९७ लाख ३६ हजार चार सय मात्रा खोप प्राप्त गरेको छ । जसमध्ये ९७ लाख २७ हजार ४०७ ले एक मात्रा, ७७ लाख ५१ हजार १२ जनाले पूर्णमात्रा र ४१ हजार ३०८ जनाले अतिरिक्त मात्रा खोप लगाएका छन् ।
अहिलेसम्म नेपालले ३७ लाख ११ हजार पाँच सय जोन्सन खोप प्राप्त गरेको छ। जसमध्ये २२ लाख ४९ हजार २४७ जनाले एक मात्रा त्यस्तै चार हजार २०० सय जनाले अतिरिक्त मात्रा खोप लगाएका छन् । अहिलेसम्म नेपालमा ७ लाख ६५ हजार १८० मात्रा फाइजर खोप ल्याएको छ। जसमा दुई लाख ४८ हजार ६८० जनाले एक मात्रा खोप लगाएका छन् । ४३ हजार ११९ जनाले अतिरिक्ति मात्रा खोप लगाएका छन् ।
अलिहेसम्म ३६ लाख ५१ हजार दुई सय मात्रा खोप प्राप्त गरेको छ। जसमध्ये १७ लाख ९२ हजार ६३४ जनाले एक मात्रा खोप प्राप्त गरेको छ ।