काठमाडौं- पछिल्लो २४ घण्टामा ८ हजार ४५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने आठ जनाको मृत्यु भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार १३ हजार ५४९ जनाको पीसीआर परीक्षण गर्दा ५ हजार ५७१ जना र ६ हजार ८१० जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार ८८३ जना गरी ८ हजार ४५४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको हो।
यससँगै देशभर कोरोनाका सक्रिय संक्रमित ९० हजार ६७ जना पुगेका छन् । पछिल्लो २४ घण्टामा ४ हजार ४३३ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।पछिल्लो २४ घण्टामा ५ जनाको मृत्यु भएको छ भने ४ हजार ४३३ जना कोरोना संक्रमण मुक्त भएका छन।