खानी विभागका महानिर्देशकसहित १८ जनाविरुद्ध मुद्दा

समाचार
शेयर गर्नु होला

काठमाडौ – खानी तथा भूगर्व विभागका महानिर्देशकसहित १८ जनाविरुद्ध विशेष अदालतमा अख्तियार दूरपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।

आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले अनियमितता आरोपमा विभागका महानिर्देशक रामप्रसाद घिमिरेसहित १८ जना र नौ कम्पनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको जानकारी दिए । आयोगले उनीहरुविरुद्ध एक अर्ब २४ करोड ४५ लाख २६ हजार ६४३ रुपियाँ विगो कायम गरेर मुद्दा दायर गरिएको सहायक प्रवक्ता भण्डारीले जानकारी दिए।

चुनढुंगा उत्खन्नमा अनियमितता भएको भन्दै परेको उजुरीको अनुसन्धानका क्रममा खानी सञ्चालनसँग मिलेर प्राकृतिक स्रोतसधान दोहनमा सघाएको अख्तियारले ठहर गरेको छ ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *