अख्तियारद्वारा पुर्व कप्तान हरि खड्काविरुद्ध विशेष अदालतमा मुद्दा दायर

Breaking News समाचार
शेयर गर्नु होला

काठमाडौ – नेपाली राष्ट्रिय फुटबल टोलीमा पूर्व कप्तान हरि खड्काविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिशेष अदालतमा बुधबार मुद्दा दायर गरेको छ । हाल अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गत महिला विभागका प्रमुख समेत रहेका खड्कामाथि नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेको आरोप लागेको छ ।

नेपाल प्रहरीको जागिर खान नक्कली शैक्षिक योग्यता देखाएर नेपाल सरकारलाई हानिनोक्सानी पुर्‍याई आफूसमेतलाई लाभ हुने बदनियत राखेको कसुरमा खड्का दोषी ठहर भएको अख्तियारको दावी छ ।

खड्काले माध्यमिक शिक्षा परिषद्, बाराणसीबाट जारी भएको प्रविणता प्रमाणपत्र तह (आईए) को झुटो प्रमाण पेश गरेर १ कात्तिक २०५५ मा प्रहरी सहायक निरीक्षक पदमा नियुक्ति लिएको अख्तियारको दाबी छ ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *