बैतडी – पाटन–पञ्चेश्वर सडक खण्डको रौतगाउँमा बस दुर्घटना हुँदा ८ जना घाईते भएका छन् । घाईतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । कञ्चनपुरको महेन्द्रनगरबाट बैतडीको पञ्चेश्वर आउदै गरेको ना.६ ख २५७० नम्बरको रात्रीबस बिहिवार बिहान ५ः३० बजे दुर्घटनामा परेको हो ।
घाइते हुनेमा मेलौली नगरपालिका ६ का ४८ वर्षीया कमलापती भट्ट, ९ का २४ वर्षीया दुर्गा भट्ट, सोही ठाउँका ६८ वर्षीय रामसिंह साउद र २ का २१ वर्षीय मनिस चन्द घाइते भएका छन् । कञ्चनपुरको दैजीका २१ वर्षीया पूजा भट्ट, बैतडीको शिवनाथ गाउँपालिका-५ की २१ वर्षाीया सुशीला चन्द, सोही ठाउँका २९ वर्षीय जनक औजी र बाराका सिराज अन्सारी पनि घाइते भएका छन् ।
घाइतेलाई उपचारका लागि डडेल्धुरा लगिएको जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए।