इलाममा जिप दुर्घटना, २ जनाको मृत्यु

समाचार
शेयर गर्नु होला

इलाम – आज बिहान इलाममा पिकाप जिप दुर्घटना हुँदा दुई जनाको मृत्यू भएको छ । झापाबाट इलाम आउदै गरेको प्रदेश १–०१–००१ च ७९१६ नम्बरको पिकाप आफैँ अनियन्त्रित भैइ सडकदेखि करिव पाँच सय मिटर तल झरेको छ ।

मेची राजमार्गको रोङ गाउँपालिका–४ पहिरोमा पिकाप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर थापाले जानकारी दिए । उनका अनुसार दुर्घटनामा परी झापाको मेचीनगर नगरपालिका–४ वस्ने वर्ष ५५ का रमेश थापा र सोही स्थान वस्ने वर्ष ४० का सुर्यबहादुर थापाको घटनास्थलमा नै मृत्यु भएको हो ।

जिप चालक मेचीनगर–४ बस्ने वर्ष ३३ का अर्जुन कोइरालासमेत गम्भिर घाइते भएको बताइेको छ । उनलाई उपचारका लागि झापाको विएण्डसि अस्पताल लगिएको छ । घटनाका विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।रासस


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *