गएको २४ घण्टामा ८ हजार १७ जना कोरोना भाइरसका सङ्क्रमित थपिए, १५ जनाको मृत्‍यु

Breaking News समाचार स्वास्थ्य
शेयर गर्नु होला

काठमाडौं – पछिल्लो २४ घण्टामा पाँच हजार ८१६ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । १५ हजार ७३६ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा पाँच हजार ८१६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, छ हजार ७२ जनामा एन्टीजेन परीक्षण गरिएकोमा दुई हजार २०१ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा पाँच हजार २९२ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ८९।१ प्रतिशत रहेको जनाएको छ ।

सोही अवधिमा १५ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोनाबाट ११ हजार ६८७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यसैगरी, मुलुकमा हालसम्म ९० हजार ५७६ जना सक्रिय सङ्क्रमित छन् । साथै पछिल्लो २४ घण्टामा पाँच लाख ५४ हजार ५६६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *