लंडन – लकडाउनका बेला प्रधानमन्त्री कार्यालय १० डाउनिङ स्ट्रीटमा भोजहरू आयोजना गरेको आरोपबारे छानबिन प्रतिवेदन छापिने समय नजिकिँदै गर्दा ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनको राजनीतिक भविष्य दाउमा छ।
कोभिड नियन्त्रणका लागि बनाइएका कानुन उल्लङ्घनका सम्बन्धमा प्रहरीले फौजदारी अपराध सरह अनुसन्धान सुरु गरेको छ।
प्रधानमन्त्री जोनसनले यस विषयमा संसद्मा झूटो बोलेको प्रमाणित भएमा उनी आफ्नो पदबाट राजीनामा दिन बाध्य हुनसक्छन्।
प्रधानमन्त्रीका रूपमा बोरिस जोनसनको कार्यकाल थुप्रै काण्डले भरिएको छ। दुई वर्षभन्दा बढी समय नेतृत्व गर्दा उनले ब्रेक्जीट सम्पन्न गराए- जसबाट युरोपेली सङ्घबाट यूके औपचारिक रूपमा बाहिरियो।
त्यस्तै विश्वव्यापी कोभिड-१९ महामारीबीच देशलाई चलायमान राख्ने क्रममा आफ्ना निकटतम सल्लाहकारहरूबाट उनले विद्रोह र राजीनामाको सामना समेत गरे।
यद्यपि पछिल्लो कथित “पार्टीगेट” नाटकीय घटना हो जुन ब्रिटिश राजनीतिमा चर्चामा छ र उक्त घटनाले लन्डनका पूर्वमेयर समेत रहेका जोनसनलाई सत्ता गुमाउने सम्भावनाको नजिक पुर्याएको छ।
तर उनीमाथि लागेको आरोप के हो त?
सञ्चारमाध्यममा सार्वजनिक विवरणहरूका अनुसार डाउनिङ स्ट्रीटमा कम्तीमा १७ वटा जमघट कथित रूपमा आयोजना भएका थिए- जहाँ प्रधानमन्त्री बस्छन् र काम गर्छन्।
कोरोनाभाइरस महामारीबीच प्रधानमन्त्री कार्यालयमा मात्र नभई अन्य सरकारी विभागमा समेत जमघट भएको आरोप छ।
ती भोज तथा जमघट हुँदा यूकेमा विभिन्न चरणको लकडाउन जारी थियो। त्यतिबेला कोठाभित्र दुईभन्दा बढी व्यक्तिको भेला र खुला स्थानमा हुने कार्यक्रमहरू प्रतिबन्धित थिए।
सन् २०२० को मे महिनामा डाउनिङ स्ट्रीट परिसरमा सामाजिक दूरी कायम राख्दै पिउने कार्यक्रम आयोजना गरिएको थियो जहाँ करिब १०० जनालाई ‘आफ्नो लागि आफैँ रक्सी लिएर आउनूस्’ भन्ने आग्रहसहित निमन्त्रणा गरिएको थियो।
प्रत्यक्षदर्शीहरूले बीबीसीलाई बताएअनुसार जोनसन र उनकी तत्कालीन हुनेवाला श्रीमती क्यारी साइमन्ड्स त्यस कार्यक्रममा उपस्थित ३० जनामध्ये थिए।
प्रधानमन्त्रीले आफू त्यहाँ २५ मिनेटका लागि रहेको पुष्टि गरे। तर त्यो कार्यक्रम कामसँग सम्बन्धित रहेको उनको दाबी छ।
सञ्चारमाध्यममा सार्वजनिक विवरणहरूका अनुसार डाउनिङ स्ट्रीटमा कम्तीमा १७ वटा जमघट कथित रूपमा आयोजना भएका थिए- जहाँ प्रधानमन्त्री बस्छन् र काम गर्छन्।
कोरोनाभाइरस महामारीबीच प्रधानमन्त्री कार्यालयमा मात्र नभई अन्य सरकारी विभागमा समेत जमघट भएको आरोप छ।
ती भोज तथा जमघट हुँदा यूकेमा विभिन्न चरणको लकडाउन जारी थियो। त्यतिबेला कोठाभित्र दुईभन्दा बढी व्यक्तिको भेला र खुला स्थानमा हुने कार्यक्रमहरू प्रतिबन्धित थिए।
सन् २०२० को मे महिनामा डाउनिङ स्ट्रीट परिसरमा सामाजिक दूरी कायम राख्दै पिउने कार्यक्रम आयोजना गरिएको थियो जहाँ करिब १०० जनालाई ‘आफ्नो लागि आफैँ रक्सी लिएर आउनूस्’ भन्ने आग्रहसहित निमन्त्रणा गरिएको थियो।
प्रत्यक्षदर्शीहरूले बीबीसीलाई बताएअनुसार जोनसन र उनकी तत्कालीन हुनेवाला श्रीमती क्यारी साइमन्ड्स त्यस कार्यक्रममा उपस्थित ३० जनामध्ये थिए।
प्रधानमन्त्रीले आफू त्यहाँ २५ मिनेटका लागि रहेको पुष्टि गरे। तर त्यो कार्यक्रम कामसँग सम्बन्धित रहेको उनको दाबी छ।बीबीसी
Video Source : ITV News