फोटोहरु : अखिल नेपाल फुटबल संघको फेसबुक बाट
काठमांडौ – घुँडाको चोटका कारण एक वर्ष सम्म मैदान बाहिर रहेका विमल घर्तीमगरले राष्ट्रिय टोलीमा पुनरागमनसँगै निर्णायक गोल गरेपछि हिजो भएको नेपाल र मोरिससको मैत्रीपूर्ण खेलमा नेपाल १-० ले बिजयी भएको छ।
दशरथ रंगशालामा शनिबार भएको खेलमा नेपालले अफ्रिकी टोली मोरिससलाई १–० गोलले हरायो । नेपालको जितमा विमलले ५५औँ मिनेटमा निर्णायक गोल गर्नुभयो । विमलले अन्जन विष्टको पासमा उत्कृष्ट गोल गर्दै नेपाललाई जिताएका छन।
विमलको गोलसँगै नेपालले सन् २०११ देखि कुनै पनि मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा जित निकालेको यो पहिलो पटक हो । संयोगबस नेपाली टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको पनि दशरथ रंगशालामा पहिलो जित हो ।