२१ माघभित्र खोपको मौज्दात र खोप लगाएको विवरण पठाउन ‘सर्कुलर’

Breaking News समाचार
शेयर गर्नु होला

काठमाडौं – हराएको कोभिड–१९ विरुद्धको २४ लाख डोज खोप खोज्न गठित छानविन समितिले खोपको मौज्दात र खोप लगाएका व्यक्तिहरुको विवरण चार दिनभित्र पठाउन ‘सर्कुलर’ गरेको छ ।

माघ २१ गते अपरान्ह ३–४ बजेभित्रमा खोपको मौज्दात र खोप लगाएका व्यक्तिहरुको विवरण पठाउन सरोकार सबै पक्षलाई छानविन समितिले भनेको हो।

२४ लाख डोज खोपको तथ्यांक नरहेको भन्दै सरकारको आलोचना भैरहेका बेला सोमबार मन्त्रालयले यही २१ माघ शुक्रबार अपरान्ह ४ बजे भित्रमा खोपको विवरण बुझाइसक्न स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यबस्थापन महाशाखा, सातवटै प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, जिल्लास्थित ७७ वटै स्वास्थ्य कार्यालय र ७५३ वटै स्थानीय तहहरूलाई निर्देशन दिएको हो।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *