थप ५,२९२ जनामा कोरोना संक्रमण, ८ जनाको मृत्‍यु

Breaking News समाचार
शेयर गर्नु होला

काठमाडौं – पछिल्लो २४ घण्टामा थप ५ हजार २९२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ भने ८ जनाको मृत्‍यु भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ३६८ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ४७२ जना र ५ हजार ७२० जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार ८२० जना गरी कुल ५ हजार २९२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

हाल देशभरमा ७९ हजार २७२ सक्रिय संक्रमित छन् भने ८ हजार १९१ जना संक्रमणमुक्त भएका छन् ।२४ घण्टामा ३६६६०३ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *