नेपाल आयल निगमले फेरी पेट्रोलियम पदार्थको मूल्य बढायो [विज्ञप्ति]

नेपालमा तेलको मूल्य बढ्नुको प्रमुख कारण यस्तो रहेछ !

Breaking News अर्थ समाचार
शेयर गर्नु होला

काठमाडौं – अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियमको मूल्य बढेको भन्दै नेपाल आयल निगमले मङ्गलबार मध्यरातदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । मूल्यवृद्धिसँगै नेपालमा डिजेलमट्टितेल र पेट्रोलको मूल्य अहिलेसम्मकै उच्च भएको छ ।

नेपालको पेट्रोलियम इतिहासमा २०७० सालमा डिजेल तथा पेट्रोलको मूल्यले उच्च बिन्दु कायम गरेको थियो । २०७० साल फागुन ३० गते निगमले मूल्य समायोजन गर्दै पेट्रोलको बिक्री मूल्य प्रतिलिटर रु। १४० र डिजेलमट्टितेलको बिक्री मूल्य प्रतिलिटर रु। १०९ तोकेको थियो ।

निगमले गएरातिदेखि डिजेलमट्टितेल र पेट्रोलमा प्रतिलिटर ३ रुपियाँ वृद्धि गरेको छ । मूल्य बढेसँगै डिजेलमट्टितेलको भाउ प्रतिलिटर रु। १२५ र पेट्रोलकाे भाउ प्रतिलिटर १४२ पुगेको छ । यो अहिलेसम्मै उच्च हो । पेट्रोलियमको मूल्य बढ्नुमा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य र अमेरिकी डलरको मूल्य बढ्नु प्रमुख कारण रहेको निगमका प्रवक्ता विनीतमणि उपाध्यायको भनाइ छ ।

अन्तर्राष्ट्रिय बजारमा आज कच्चा तेलको मूल्य प्रतिब्यारेल ९० अमेरिकी डलर आसपास छ । त्यस्तै अमेरिकी डलरको सटही दर बढेर ११९ माथि पुगेको छ । आर्थिक वर्ष २०७०७१ मा कच्चा तेलको मूल्य प्रतिब्यारेल १०५।५२ अमेरिकी डलर थियो । सोही वर्ष अमेरिकी डलरको सटही दर ८७।२८ रुपियाँ थियो ।

पछिल्ला १० वर्षमा पेट्रोलियमको मूल्यमा निकै उतारचढाव देखिएको छ । सो अवधिमा पेट्रोलको मूल्य प्रतिलिटर घटेर रु ९८ र डिजेलमट्टितेलको मूल्य प्रतिलिटर रु ८८ सम्म झरेको थियो । २०७० फागुनमा प्रतिलिटर रु १४० पुगेको पेट्रोलको मूल्य २०७१ असारमा प्रतिलिटर १३४ रुपियाँ ५० पैसा, २०७२ असारमा प्रतिलिटर रु १०९, २०७३ असारमा प्रतिलिटर रु ९९, २०७४ असारमा प्रतिलिटर रु ९८, २०७५ असारमा प्रतिलिटर रु ११३, २०७६ असारमा प्रतिलिटर रु १०८, २०७७ असारमा प्रतिलिटर रु १०२ र २०७८ असारमा प्रतिलिटर रु १२९ पुगेको थियो ।

यस्तै डिजेलमट्टितेलको मूल्य २०७० असारमा प्रतिलिटर रु १०९ थियो । २०७१ असारमा प्रतिलिटर १०५ रुपियाँ ५० पैसा, २०७२ असारमा ८६ रुपियाँ ५० पैसा, २०७३ असारमा प्रतिलिटर रु ७५, २०७४ असारमा प्रतिलिटर रु ७४, २०७५ असारमा प्रतिलिटर रु ९५, २०७६ असारमा प्रतिलिटर ९६ रुपियाँ ५० पैसा, २०७७ असारमा प्रटिलिटर रु ८८ र २०७८ असारमा प्रतिलिटर रु ११२ रुपियाँ थियो ।

निगमले आर्थिक वर्ष २०७५७६ मा ६ पटक, आव २०७६७७ मा ५, आव २०७७०७८ मा १५ र चालु आवको पछिल्लो ६ महिनामा तीनपटक पेट्रोलको मूल्य सामायोजन गरेको थियो ।रासस


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *