काठमाडौं – पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ । २ हजार ५२६ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ११ हजार ७३ नमुना परीक्षण गरिएको थियो । ६ हजार ६५५ नमुनाको पीसीआर टेष्ट गर्दा एक हजार ६०२ र चार हजार ४१८ नमुनाको एन्टीजेन टेष्ट गर्दा ९२४ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही समयावधिमा १६ जना संक्रमितको मृत्यु भएको छ भने ८४२५ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।२४ घण्टामा ५१३०५१ जनाले कोभिड १९ विरुद्धको खोप लगाएका छन् भने अहिले देशभर ५६४५७ जना सक्रिय संक्रमित रहेका छन् ।