काठमाडौ – पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । १ हजार ७१४ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ८ हजार ५१३ नमुना परीक्षण गरिएको थियो । ५ हजार २२५ नमुनाको पीसीआर परीक्षण गर्दा एक हजार १०३ र तीन हजार २८८ जनाको एन्टीजेन परीक्षण गर्दा ६११ गरी एक हजार ७१४ जनामा संक्रमण पुष्टि भएको छ ।
यही अवधिमा थप ४७७१ जना सङ्क्रमणमुक्त भएका छन् । नेपाल हालसम्म कूल सङ्क्रमितमध्ये ९ लाख ६३९ जना सङ्क्रमणमुक्त भैसकेका छन् । नेपालमा निको हुने दर ९३.३ प्रतिशत रहेको छ । हाल देशभर ५२ हजार ७८० जना सक्रिय सङ्क्रमित रहेका छन् ।
मन्त्रालयका अनुसार २४ घण्टामा नौ जनाको मृत्यु भएको छ । योसँगै मुलुकमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ८०३ पुगेको छ । पछिल्लो २४ घण्टामा मुलुकमा पाँच लाख ८८ हजार ४४० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।