भारतकी चर्चित गायिका लता मंगेशकरकाे निधन, भारतमा दुई दिन राष्ट्रिय शोक घोषणा

Breaking News अन्तर्राष्ट्रिय
शेयर गर्नु होला

काठमाडौ – भारतकी चर्चित गायिका लता मंगेशकरको ९२ वर्षको उमेरमा निधन भएको छ । थुप्रै नेपाली गीतमा पनि स्वर दिनु भएकी लता मङ्गेसकरकाे मुम्बैइमा निधन भएकाे हिन्दुस्तान टाइम्सले जनाएकाे छ ।

उहाँलाई गत जनवरीका सुरुमा कोरोना सङ्क्रमण भएपछि मुम्बैइको सिटी अस्पातालमा भर्ना गरिएको थियो । कोरोना सङ्क्रमणपछि उहाँमा निमोनियाँ भएको चिकित्सकहरुले बताएका थिए । जनवरी २८ तारिखमा उहाँलाई भेन्टिलेटरमा राखिएको भए पनि उहाँको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको थियो ।

यसै बिच वरिष्ठ गायिका लता मंगेशकरको निधनमा भारत सरकारले दुईदिने राष्ट्रिय शोकको घोषणा गरेको छ । भारतको सर्वोच्च पदक ‘भारत रत्न’द्वारा समेत विभूषित विश्व चर्चित गायिका लताको शोकमा दुई दिन राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय भएको छ ।

राष्ट्रिय ध्वजा संहिताअनुसार राजकीय शोकमा संसद, सचिवालय, विधानसभा, अन्य महत्वपूर्ण राष्ट्रिय भवन तथा सबै सरकारी कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ । समाचार एजेन्सी एएनआइका अनुसार लताको पार्थिव शरीरको अन्तिम संस्कार अैतबार साँझ साढे ६ बजे राजकीय सम्मानका साथ मुम्बैइको शिवाजी पार्कमा गरिनेछ ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *