स्मार्ट लकडाउनको समीक्षा गर्न उपत्यकाका प्रजिअहरुको बैठक बस्दै

समाचार
शेयर गर्नु होला

काठमाडौ – कोरोना सङ्क्रमण दर घट्दै गएपछि काठमाडौंमा जारी स्मार्ट लकडाउनको समीक्षा गर्न केहीबेरमा उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक बस्ने भएको छ ।

कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को आज बसेको बैठकपछि उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीने नयाँ आदेश जारी गर्न लागेका हुन । बैठकमा अहिलेसम्मको निर्देशन कार्यान्वयनको समीक्षा हुने काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिए । उपत्यकाभित्र सवारी साधनमा लगाएको जोर–बिजोर प्रणाली पनि हटाउने विषयमा छलफल गरिने उनको भनाइ छ ।

‘कोरोना संक्रमण विस्तारै कम हुँदै गएको छ । यसकारण सवारी साधनमा लागू भएको जोर विजोर प्रणाली हटाउने कि भन्ने कुरा सोदै छौँ । तर विद्यालय भने माघ महिनाभर नै बन्द हुन्छन् ,’उनले भने । विद्यालय भने माघ महिनाभर बन्द नै गर्न सिफारिस गरिएको सिसीएमसीसीकी प्रवक्ता सुनिता नेपालले जानकारी दीइन ।गोरखापत्र दैनिकबाट


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *