युक्रेन तनाव – महत्त्वपूर्ण रुसी पाइपलाइन बन्द गराइदिने बाइडनको चेतावनी

अन्तर्राष्ट्रिय
शेयर गर्नु होला

बिबीसी – अमेरिकी राष्ट्रपति जो बाइडनले यदि मस्कोले युक्रेनमा हमला गरेमा जर्मनीसँग जोडिने एउटा मुख्य ग्यास पाइपलाइन बन्द गरिदिने वाचा गरेका छन्। जर्मन चान्सलर ओलाफ सोल्जसँगको वार्तापछि वासिङ्टनमा बोल्दै उनले नर्ड स्ट्रीम टू पाइपलाईनबारे त्यसो भनेका हुन्। फ्रेन्च राष्ट्रपति एमानुअल माँक्रो र उनका रुसी समकक्षी पुटिनबीच मस्कोमा युद्ध छल्न सकिने भन्दै भेटवार्ता भैरहँदा वासिङ्टनमा बाइडन र सोल्जले छलफल गरेका हुन्।

अमेरिकी अधिकारीहरूले अैतवार रुसले पूर्ण आकारको हमलाका लागि चाहिने सैनिकको ७० प्रतिशत फौज भेला पारिसकेको बताएका छन्।पछिल्ला सातामा मस्कोले पश्चिमा सैन्य गठबन्धन नेटोमा युक्रेन कहिल्यै सदस्य बन्न नपाउनु पर्ने माग राखेको छ। उसले पूर्वी युरोपमै नेटोका सैन्य सङ्ख्या घटाउनुपर्ने समेत भनिरहेको छ।

नेटोले ती दुवै मागलाई अस्विकार गरेको छ। बरु उसले आणविक अस्त्र सीमित पार्नेजस्ता अन्य क्षेत्रमा वार्ता गर्न सकिने जनाएको छ।

रुस, युक्रेन र पश्चिमा विश्व बीचको तनाव झण्डै ८ वर्षाघिदेखिएको हो। जतिखेर रुसले युक्रेनको दक्षिणी क्राइमिया प्रायद्वीपलाई आफ्नोमा गाभेको थियो।मस्कोले पूर्वी डोनबास क्षेत्रमा रक्तपातपूर्ण विद्रोह गरिरहेको समूहलाई सघाइरहेको छ।

यतिखेर रुसले युक्रेनतर्फको सीमामा एक लाखभन्दा धेरै सैनिक तैनाथ गरेको छ। तर हमलाको तयारी गरिराखेको भन्ने आरोपलाई उसले अस्वीकार गर्दै आएको छ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *