काठमाडौं – पछिल्लो २४ घण्टामा ५२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ३७ पीसीआर परीक्षणमा ४२१ र चार हजार ७८ एन्टिजेन परीक्षणमा ९४ जना गरी ५२१ जनामा संक्रमण पुष्टि भएको हो ।
आइतबार मन्त्रालयले गरेको प्रेस ब्रिफिङमा दिएको जानकारी अनुसार २४ घण्टामा तीन हजार ९३५ जना डिस्चार्ज हुँदा कोरोनाले १० जनाको मृत्यु भएको छ। अहिले देशभर सक्रिय संक्रमितको संख्या २२ हजार ५८४ रहेको छ।
पछिल्लो २४ घण्टामा काठमाडौंमा ९७, ललितपुरमा ४४, मोरङमा ४०, कास्कीमा ३६, झापामा २३, सुनसरीमा १३ र रुपन्देहीमा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।