साहित्यकार तारानाथ शर्माको निधन

Breaking News समाचार
शेयर गर्नु होला

काठमाडौं – साहित्यकार तारानाथ शर्माको ८७ वर्षको उमेरमा निधन भएको छ । डिमेन्सिया (बिर्सने रोग), उच्च रक्तचाप र मधुमेहबाट पीडित शर्माको मंगलबार बिहान घरमै निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

शर्मा नेपाली साहित्यमा नियात्रा विधाका संस्थापक, निबन्धकार, काथाकार, उपन्यासकार, समालोचकका रुपमा परिचित छन्। अंग्रेजी भाषमा विद्यावारिधी गरेका शर्माका दुई दर्जनभन्दा बढी कृति प्रकाशित छन्। उनको पहिलो कृति ‘घोत्ल्याइँहरु’ २०२१ सालमा प्रकाशन भएको थियो। उनले ‘बेलाइततिर बरालिँदा’ पुस्तकबाट २०२६ सालमा मदन पुरस्कार पाएका थिए।

निबन्ध संग्रहमा मदन पुरस्कार पाउने ‘बेलाइततिर बरालिँदा’ पहिलो पुस्तक हो। ‘संवत् २०२६ को मदन पुरस्कारबाट सम्मानित ताना शर्माप्रति हार्दिक श्रदा,’ मदन पुरस्कार पुस्तकालय तथा मदन पुरस्कार गुठीले आज ट्वीटर मार्फत भनेको छ।

शर्माले २०२९ सालमा ‘सम र समका कृति’ लागि साझा पुरस्कार पाएका थिए । २०२३ सालमा रत्नश्री स्वर्णपदक पाएका उनी २०३९ सालमा सर्वश्रेष्ठ पाठ्यपुस्क लेखन पुस्करबाट पनि सम्मानित भएका थिए।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *