एमसीसी बुधबार बस्ने संसदकाे बैठकमा पेश हुन सक्छ – डा. महत

समाचार
शेयर गर्नु होला

काठमाडौं – नेपाली काँग्रेसका नेता एवं पूर्वार्थमन्त्री रामशरण महतले भोलिको संसद् बैठकमा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पेश हुनसक्ने जानकारी दिए । काँग्रेस संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यो अधिवेशनमा भोलि नै पेश हुने सम्भावना रहेको जानकारी दिए ।

‘भोलिदेखि संसद् बैठक सुरु हुन्छ । संसद् बैठकमा एमसीसी भोलि नै पेश हुन्छ कि पर्सि पेश हुन्छ,’ उनले बताए, ‘यो अधिवेशनमा भोलि नै पेश हुने सम्भावना छ ।’

नेता महतले एमसीसी नेपालको हितमा रहेको जानकारी दिनुभयो । ‘अहिलेसम्म धेरै देशहरुमा एमसीसी चलिरहेको छ । ती देशहरुमा न अमेरिकी सेना पुगेका छन् न कुनै हस्तक्षेप भएको छ,’ उनले बताए, ‘हामीकहाँ मात्रै विकासका लागि आउने अनुदानबारे भ्रम फैलाइेको छ ।’

साथै, उनले प्रधानमन्त्री शेरबहादुर देउवाले यसाघि नै फेब्रुअरी २८ भित्र एमसीसी सम्झौता संसदबाट अनुमोदान गराउने प्रतिवद्धता जनाइसक्नुभएको जानकारी दिए । त्यसका लागि अब डेढ हप्तामात्रै बाँकी रहेको समेत उनले बताए। प्रतिनिधिसभाको बैठक बुधबार दिउँसो १ बजे बस्दैछ । बुधबारको बैठकमा एमसीसी सम्झौता छलफलका लागि पेश गर्नेबारे समेत बैठकमा छलफल भएको उनले बताए ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *