कोरोना अपडेट – थप ४९८ सङ्क्रमित, दुईको मृत्यु

Breaking News समाचार
शेयर गर्नु होला

काठमान्डौ – पछिल्लो २४ घण्टामा देशभर ६८० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । कुल ७ हजार ९५ जनामा कोरोना परीक्षण गर्दा ६८० जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार चार हजार २५६ जनाको पीसीआर परीक्षण गर्दा ४९८ जनामा सङ्क्रमण पुष्टि भएको हो । सोही अवधिमा दुई हजार ८३९ जनाको एन्टीजेन परीक्षण गर्दा १८२ जनामा सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार कुल सात हजार ९५ जनामा परीक्षण गर्दा पीसीआर र एन्टीजेन गरेर ६८० जनामा सङ्क्रमण पुष्टि भएको हो।

पछिल्लो समय कोरोना संक्रमित हुने भन्दा निको हुने दर बढ्दै गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सोही अवधिमा १८ सय ३५ जना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमण मुक्त हुने दर ९६.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार २४ घण्टामा दुई जनाको मृत्यु भएको छ । योसँगै मुलुकमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९०२ सय पुगेको छ । पछिल्लो २४ घण्टामा मुलुकमा चार लाख ३८ हजार ८१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । त्यस्तै, नेपालमा हाल १९ हजार चार सय जना सक्रिय सङ्क्रमित छन् ।J


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *