संसद्‍ बैठकमा आज एमसीसी पेश नहुने

Breaking News समाचार
शेयर गर्नु होला

काठमाडौ – अमेरिकी सहयोग सम्बन्धी परियोजना एमसीसी बुधबार प्रतिनिधिसभा बैठकमा पेश नहुने भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच संसद्‍ बैठकमा आज एमसीसी पेश नगर्ने सहमति भएको हो।

बालुवाटारमा भएको छलफलमा देउवा र प्रचण्डबीच बिहीबार गठबन्धन बैठक गरेर एमसीसीबारे निर्णय गर्ने सहमति भएको हो। माओवादी अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार एमसीसीको विषयमा गठबन्धन बैठकले थप निर्णय गर्ने सहमति भएपछि बुधबार संसद्‍मा टेबल नहुने भएको हो।

माओवादी संसदीय दलको बैठकले एमसीसीको विपक्षमा उभिने निर्णय गरेपछि माओवादी अध्यक्ष प्रचण्ड देउवासँग भेट्न बालुवाटार पुगेका हुन।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *