काठमाडौ – भारतीय गायक बप्पी लहरीको ६९ वर्षको उमेरमा निधन भएको छ । सन् १९५२ मा पश्चिम बंगालमा जन्मिनुभएको लहरीलाई बलीउडमा ‘डिस्कोे राजा’ मानिन्छ ।
सन् १९८२ मा रिलिज भएको ‘डिस्को डान्सर’मा उनले गाएको ‘याद आ रहे हें तेरा प्यार’को बोल सदाबहार गीत बन्नपुगेको छ । केही हप्तादेखि विरामी परेका लहरी मगंलबार पौने १२ बजे अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको बताइेको छ ।
उनी गत वर्ष कोरोना भाइरसबाट समेत संक्रमित भएका थिए । ‘डिस्को किङ’ भनेर चिनिने बप्पीका ‘आ इ एम अ डिस्को डान्सर’, ‘यार विना चैन कहाँ रे’, ‘तम्मा तम्मा दे दे’ लगायतका गीत निकै चर्चित छन् । उनको पछिल्लो बलिउड गीत चलचित्र ‘बागी ३’को ‘भंकस’ हो । बप्पीको जन्म २७ डिसेम्बर १९५२ मा पश्चिम बंगालको जलपाइगुडीमा भएको थियो ।