नयाँबानेश्वर क्षेत्र तनावग्रस्त, एमसीसीको विरोधमा प्रदर्शन

Breaking News समाचार
शेयर गर्नु होला

काठमाडौ – अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी)को विरोधमा नेकपा माओवादी केन्द्रका भातृ संगठन लगायतले आज विरोध प्रदर्शन गरेका छन् । विरोध प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडब भएको र केही प्रदर्शनकारीलाई गिरफ्तार गरिएको छ ।

प्रहरीले प्रदर्शनकारीलाई तितरवितर गर्न पानीको फोहोरा तथा लाठीचार्ज गरेको थियो ।झडपमा वाईसीएल संयोजक सुमन देवकोटा घाइते भएका छन् । प्रहरीले केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएर भ्यानमा कोचेको छ ।

केही प्रदर्शनकारी संसद भवनको एक नम्बर गेट (सिभिल अस्पतालतर्फको गेट)सम्मै पुगेका थिए । ती प्रदर्शनकारीलाई प्रहरीले हटाएको छ ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *