संसद प्रतिनिधिसभा बैठक फागुन ६ गतेसम्मका लागि स्थगित

Breaking News समाचार
शेयर गर्नु होला

काठमाडौ – संघीय संसद्को प्रतिनिधिसभा बैठकमा थारु आयोगको वार्षिक प्रतिवेदन पेश भएको छ । बुधबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले ‘थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन’ पेस गरेका हुन ।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को अवरोधबीच उक्त प्रतिवेदन पेश भएको हो । आजको बैठक सुरु भएलगत्तै एमाले सांसदहरूले नाराबाजी गरे ।सभामुख सापकोटाले ‘आजको बैठक प्रारम्भ हुन्छ’ भनेलगत्तै एमाले सांसदहरू रोस्ट्रम अगाडि उभिएर नाराबाजी गरेका थिए ।

नाराबाजी रोकेर बैठक चल्ने वातावरण बनाउन सभामुख सापकोटाले पटक पटक आग्रह गरे पनि एमाले सांसदहरू नरोकिएपछि बैठकलाई कार्यसूचीमा प्रवेश गराएका थिए ।बैठक केही शोक प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ । अर्को बैठक फागुन ६ गते शुक्रबार दिउँसो १ बजे बस्नेछ ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *