थप ६३९ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्‍यु

Breaking News समाचार
शेयर गर्नु होला

काठमाडौं – पछिल्लो २४ घण्टामा थप ६३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने थप ३ जनाको मृत्‍यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ९ हजार ७५६ नमुना परीक्षण गरिएको थियो । ६ हजार ७८२ जनानाको पीसीआर परीक्षण गर्दा ५४८ र दुई हजार ९७४ जनाको एन्टीजेन परीक्षण गर्दा १८५ गरी ६३९ जनामा संक्रमण पुष्टि भएको छ।

मन्त्रालयका अनुसार २४ घण्टामा तीन जनाको मृत्यु भएको छ । योसँगै मुलुकमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९०५ पुगेको छ । पछिल्लो २४ घण्टामा मुलुकमा दुई लाख १४ हजार १०३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । त्यस्तै, नेपालमा हाल १८ हजार २५१ जना सक्रिय सङ्क्रमित छन् ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *