काठमाडौ – आईसीसी टी–२० विश्वकप ग्लोबल छनोटको पहिलो खेलमा नेपालले घरेलु टोली ओमानलाई एक सय १८ रनको विजय लक्ष्य दिएको छ । ओमानको अल अमरेत क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय १७ रन बनायो ।
नेपालका लागि आरिफ शेखले सर्वाधिक ३८ रन बनाए । उनले ३७ बलमा दुई चौकाको सहयोगमा उक्त रन बनाएका थिए । कप्तान सन्दीप लामिछानेले अविजित १६ रन बनाए । सात बलको सामना गरेका सन्दीपले एक छक्का र एक चौका हानेका थिए । यसैगरी लोकेश बमले १६, ज्ञानेन्द्र मल्लले १६ र दिपेन्द्रसिंह ऐरीले ११ रन बनाए ।
नेपालका ओपनद्वय कुशल भुर्तेल पाँच र आरिफ शेख चार रन जोड्दै बाहिरिएपछि नेपाल दबाबमा परेको थियो । बलिङमा ओमानका खवार अलीले सर्वाधिक तीन विकेट लिए । विलाल खानले दुई तथा फयाज बट र जिसन मक्सोदले एक एक विकेट लिए । खराब ब्याटिङ गरेको नेपाललाई जित निकाल्न अब बलिङमा उत्कृष्ट प्रदर्शन गर्नुपर्ने चुनौती रहेको छ ।