अहमदाबाद बम विष्फोटको घटनामा संलग्न ३८ जनालाई फाँसीको सजाय

अन्तर्राष्ट्रिय
शेयर गर्नु होला

काठमाडौ – भारतको विशेष अदालतले अहमदाबादमा सन् २००८ मा भएको श्रृंखलाबद्ध बम विष्फोटको घटनामा संलग्न ३८ जनालाई फाँसीको सजाय सुनाइेको छ । अदालतले अन्य ११ जनालाई आजीवन कैदको सजाय सुनाएको भारतीय सञ्चारमाध्यम आजतकले जनाएको छ ।

आजतकका अनुसार सन् २००८ मा भारतको अहमदावादमा भएको बम विष्फोटमा ७७ जना आरोपी थिए । तीमध्ये ४९ जना दोषि ठहर र २८ जनाले सफाइ पाएका छन् । १३ वर्षसम्म चलेको सुनुवाइमा ११ सय ६३ जनाले बयान दिएका थिए । साथै प्रहरीले छ हजार प्रमाण पेश गरेको आजतकले जनाएको छ ।

सन् २००८ को जुलाई २६ तारिखको दिन अहमदावादको मणिनगरमा भएको बम विष्फोटमा ५६ जनाको मृत्यु भएको थियो भने दुई सयभन्दा बढी घाइते भएका थिए ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *