विश्वकप छनोट – नेपालको विजयी सुरुवात

Breaking News खेलकुद
शेयर गर्नु होला

काठमाडौं –  ओमानमा जारी टी-२० विश्वकप छनोटार्गत पहिलो खेलमा नेपाल विजयी भएको छ । नेपालले ॐानलाई ३९ रनले पराजित गरेको हो ।

ओमानका लागि नासिम खुसीले २४ रन बनाउनुबाहेक अरुले दोहोरो रन बनाउन सकेनन् । जतिन्दर सिंह ९, खवार अलि ७, कल्लिमुह ५, आएन खान ३, कप्तान जिसन मक्सुद २ रनामा आउट भए ।नेपालका लागि कप्तान कमल सिंह ऐरी ३ विकेट, सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरीले समान २ विकेट तथा अविनाश बोहरा र जितेन्द्र मुखियाले ११ विकेट लिए ।

यस अघि टस हारेर ब्याटिङ गरेको नेपालले ८ विकेट गुमाएर ११७ रन बनाएको थियो ।आरिफ शेखले सर्वाधिक ३८ रन बनाएका थिए । ओ मानका खवार अलीले ३ र विलाल खानले २ विकेट लिएका थिए ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *