टी२० विश्वकप छनोट – कुशलको शतकमा नेपालद्वारा २ सय १९ रनको लक्ष्य प्रस्तुत

Breaking News खेलकुद
शेयर गर्नु होला

काठमान्डौ – टी २० विश्वकप छनोट खेल अन्तरगत फिलिपिन्स विरुद्धको दोस्रो खेलमा नेपालले २ सय १९ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । कुशल भुर्तेलको शतक तथा दीपेन्द्र सिंह ऐरीको अर्धशतकको मद्दतले नेपालले तीन विकेटको क्षतिमा २ सय १८ रन बनाएको हो ।

भुर्तेलले ५६ बल खेल्दै ५७ बल खेल्दै १३ चौका र एक छक्का मद्दतमा शतक पूरा गरेका हुन् । यस शतकपछि कुशल भुर्तेलले नेपालबाट टी-२० अन्तर्‍ाष्ट्रियमा ५० भन्दा माथिको स्कोर पाँचपटक बनाउने पूर्वकप्तान पारस खड्काको कीर्तिमान बराबरी गरेका छन् ।

दीपेन्द्रले ४७ बलमा छ चौका र चार छक्काको मद्दतले ८३ रन बनाए भने कुशलले नटआउट रहँदै ६१ बलमा १०४ रन बनाए । यस क्रममा उनले १३ चौका र १ छक्का हिर्काए । आशिफ शेख शून्य रनमा आउट भए । पाँचौ ओभरमा कुशल मल्ल पनि १२ रन बनाएर आउट भए ।नेपालले पहिलो खेलमा ओमानलाई ३९ रनले पराजित गरेको थियो ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *