कमल थापा नेतृत्वमा राप्रपा नेपाल घोषणा

राजनीति
शेयर गर्नु होला

काठमाडौ – कमल थापा नेतृत्वमा राप्रपा नेपाल घोषणा भएको छ । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर शनिबार राष्ट्रिय सभागृहमा घोषणा सभा कार्यक्रम गर्दै थापाले राप्रपा नेपाल घोषणा गरेका हुन।

गत मङ्सिरमा सम्पन्न राप्रपाको निर्वाचनमा राजेन्द्र लिङ्देनसँग थापा पराजित भएका थिए । थापाले महाधिवेशनमा निर्मल निवासले हराएको निष्कर्ष निकाल्नुहुँदै छानबिन गर्नुपर्ने माग गरेका थिए । तर, लिङ्देनले यस विषयमा कुनै चासो नदेखाउनुभएपछि थापाले नयाँ पार्टी गठन गरेका हुन।

लाक्पा तामाङको नेतृत्वमा रहेको राप्रपा नेपालमा थापा अध्यक्ष बनेका हुन । लाक्पाले थापालाई अध्यक्ष स्वीकारेर पार्टी कमल थापाको जिम्मा लगाएका हुन । तत्कालीन राप्रपा नेपाल राप्रपामा समाहित भएपछि लाक्पाले राप्रपा नेपाल आफ्नो नेतृत्वमा दर्ता गराएका थिए ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *