काठमाडौ – अमेरिकी विकास सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता संसदमा पेश गर्ने विषयमा सत्ता गठबन्धनबीच सहमति भएको छ ।
आज बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा सो निर्णय भएको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले पत्रकारहरुलाई बताए । उनले आज बस्ने संसद बैठकमा पेश हुने जानकारी दिए। लामो समयको विवादपछि सत्ता गठबन्धन सहमतिमा पुगेको हो । संसदको बैठका आज दिउसो १ बजे बस्ने तय भएको छ ।