थप ३१२ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

Breaking News समाचार
शेयर गर्नु होला

काठमाडौं – पछिल्लो २४ घण्टामा थप ३१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने दुईजनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार १०३ जनाको पीसीआर परीक्षण गर्दा २५६ जना र तीन हजार ५९० जनाको एन्टिजेन परीक्षण गर्दा ५६ जना गरी ३१२ जनामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार २४ घण्टामा दुई जनाको मृत्यु भएको छ । योसँगै मुलुकमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९३० पुगेको छ । पछिल्लो २४ घण्टामा मुलुकमा एक लाख ३५ हजार ७९० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । त्यस्तै नेपालमा हाल १० हजार ९० जना सक्रिय सङ्क्रमित छन् ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *