काठमाडौ – नयाँ बानेश्वरमा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दलका नेतासँग छलफल गर्नुभएको छ। बिहीबारका लागि तय भएको प्रतिनिधिसभा बैठक स्थगित भएपछि बानेश्वरमा छलफल भएको हो।
प्रधानमन्त्री देउवाले बानेश्वरस्थित संघीय संसद भवनमा प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी ओलीसहित शीर्ष नेतासँग छलफल गरेका हुन। छलफलमा सरकारको तर्फबाट प्रधानमन्त्री देउवा, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सहभागी छन। काँग्रेस महामन्त्री गगन थापा सहभागी बैठकमा एमालेको तर्फबाट अध्यक्ष ओलीसँगै नेता सुवासचन्द्र नेम्वाङ, ईश्वर पोखरेल उपस्थित छन।
प्रधानमन्त्रीको आग्रहमा प्रतिनिधिसभा बैठक स्थगित भएपछि उहाँले प्रतिपक्षी दलसँग छलफल गरेका हुन। अमेरिकी विकास परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची राखिएको बैठक शुक्रबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको हो । संघीय संसद् सचिवालयले विशेष कारण देखाउँदै बैठक स्थगित गरेपछि प्रधानमन्त्री देउवाले प्रतिपक्षी दलका नेतासँग छलफल गरेका हुन ।