बालकोटमा काँग्रेस र एमाले नेताहरुबीच छलफल

Breaking News राजनीति
शेयर गर्नु होला

काठमाडौ – सत्तारुढ दल नेपाली काँग्रेस र प्रमुख विपक्षी दल नेकपा (एमाले)नेताहरुबीच बालकोटमा छलफल जारी रहेको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीका प्रेस संयोजक रामशरण बजागाईंले काँग्रेस र एमाले नेताहरुबीच छलफल भैरहेको जानकारी दिए ।

उनका अनुसार शनिबार अपराह्न ४ बजेदेखि दुवै दलका नेताहरु छलफलमा बसेका छ्न । तर, प्रधानमन्त्री शेरबहादुर देउवा छलफलमा पुग्नु भएको छैन । ‘प्रधानमन्त्री देउवा आ उने कुरा थियो । दुवै दलका नेताहरुबीचको कुरा कसरी अगाडि बढ्छ त्यहि अनुसार हुन्छ ।’ उनले भने ।

छलफलमा काँग्रेसका तर्फबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र एमालेका तर्फबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष बिष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल छलफलमा सहभागी छन ।अमेरिकी मेलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता अनुमोदनका लागि दुई दलबीच छलफल तीव्र भैरहेको छ ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *