नेत्रविक्रम चन्द नेतृत्वको नेकपासहित विभिन्न राजनीतिक दलहरुले गरेको बन्द सुर्खेतमा विभिन्न दलका पार्टी कार्यालयहरु तोडफोड

Breaking News राजनीति समाचार
शेयर गर्नु होला

सुर्खेत – एमसीसीको विरुद्धमा आज नेत्रविक्रम चन्द नेतृत्वको नेकपासहित विभिन्न राजनीतिक दलहरुले गरेको बन्द सुर्खेतमा आगजनी र तोडफोड भएको छ ।

बन्दकर्ताहरुले सुर्खेतका विभिन्न दलका पार्टी कार्यालयहरु तोडफोड गरेका छन् । साँझसम्म पनि बन्दकर्ताहरुले तोडफोड जारी राखेका छन् । उनीहरुले नेकपा एमाले, नेपाली काँग्रेसको पार्टी कार्यालय तोडफोड तथा आगजनी समेत गरेका छन् ।

साथै उनीहरू नेकपा माओवादी केन्द्रकाे पार्टी कार्यालय तर्फ बढेकाे स्थानीयल बताएका छन् । प्रहरी र बन्दकर्ताबीच साँझ ठाउँ ठाउँमा झडप समेत भएको छ । प्रहरीले केही बन्दाकर्तालाई पक्राउ गरेको छ ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *