करिब ४० देखि ७५ प्रतिशत रुसी सेना युक्रेनमा प्रवेश

Breaking News अन्तर्राष्ट्रिय
शेयर गर्नु होला

काठमाडौ – युक्रेनमा आक्रमण गर्न अध्याधिक मात्रामा रुसी सेना प्रयोग भैरहेको सैनिक एकेडेमीले दाबी गरेको छ । रोयल युनाइटेड सर्भिस इन्स्टिच्यूतका अनुसार करिब ४० देखि ७५ प्रतिशत रुसी सेना युक्रेनमा प्रवेश गरेका छन् ।

अमेरिकी रक्षा अधिकारी डा. ज्याक वाल्टिनले बीबीसी रेडियोमा अन्तर्वार्ता दिने क्रममा ७५ प्रतिशतभन्दा बढी रुसी सेना प्रवेश गरिसकेको दाबी गरे ।

उनले बेलारुसबाट अत्याधिक मात्रामा रुसी सेना प्रवेश गरेपछि राजधानी किभलाई कब्जा गर्न लागेको जानकारी दिए । एक समाचार संस्थाका अनुसार रूसी फाैज राजधानी किभभन्दा १० किलाेमिटर उत्तर नजिक पुगिसकेका छन्।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *