काठमाडौ – एमाले नेता भीम रावलले नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’सँग भेटवार्ता गरेका छन। बिहीबार विप्लव र नेता खड्ग विश्वकर्मा नेता रावलको निवासमा पुगेका हुन।भेटमा विप्लवले राष्ट्रिय स्वाधीनताका लागि सबै देशभक्त एक हुन र मोर्चा बनाउन जोड दिएका छन।
भेटवार्तापछि ट्वीट गर्दै नेता रावलले देशभक्त एक हुने कुरा उचित भएको र हाल आफ्नो ठाउँबाट भूमिका खेल्नु उचित हुने बताएका छन। ‘आज नेकपाका महासचिव नेत्र विक्रम चन्द ुविप्लवु र नेता खड्ग विश्वकर्मासँग मेरो घरमा भेटवार्ता भयो। उहाँहरूले राष्ट्रिय स्वाधीनताको लागि सबै देशभक्त एक हुन र मोर्चा बनाउन जोड दिए’, भेटपछि रावलले ट्वीटरमा लेखेका छन, ‘देशभक्त एक हुने कुरा उचित भएको र हाल आफ्नो ठाउँबाट भूमिका खेल्नु उचित हुने मेरो विचार रह्यो।’
विप्लवका सहयोगी असल क्षेत्रका अनुसार एमसीसी विरुद्ध राष्ट्रवादी क्रान्तिकारी एक भएर लड्ने र आन्दोलनको बलमा यसलाई खारेज गर्ने विषयमा कुराकानी भएको छ।‘भेटवार्तामा क्रान्तिकारी ध्रुवीकरणलाई निष्कर्षमा लाने र जनताको आमूल परिवर्तनको आकाक्षालाई ध्यानमा दिएर समाजवादी व्यवस्था निर्माणको पहल गर्ने गरी छलफल भएको छ’, भेटपछि क्षेत्रीले भने।