काठमांडौ – हिजो मात्र चर्चित लोक गायक प्रकाश सपुतको नया गित “पिर” युटुबमा सार्बजनिक भए लगत्तै माओवादी नेता-कार्यकर्ताहरुले सामाजिक सञ्जालमा रोष प्रकट गरेका छन भने वाइसीएलका इञ्चार्ज रामप्रसाद सापकोटाले विरोध जनाएका छन्। सोही गितको बिरोध गर्दै अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष पञ्चा संहले प्रकाश सपुतलाई उक्त गीत युट्युबबाट हटाउन भनेकी छिन। उत गितको माओवादी नेता-कार्यकर्ताहरु द्वारा बिरोध चर्कितै गर्दा पुर्ब माओवादी जनयुद्धका एक अगुवा पुर्ब प्रधामन्त्री बाबु राम भट्टराईले उक्त गितमा आपत्ति मान्नुपर्ने कुरा केही पनी नभएको जीकिर गरेका छन।
आफ्नो सामाजिक संजाल ट्विटरमा गायक प्रकाश सपुतको नया गित “पिर” लाई लिएर नेता भट्टराईले उक्त गितको समर्थन गर्दै आफु पनि जनयुद्धको एक अगुवा हुनुको नाताले उक्त गितमा टिप्पणी गर्ने अधिकार भएको र उक्त गितमा आपत्ति मान्नुपर्ने कुरा नभएको बताएका छन।
साथै नेता भट्टराईले गीतले जनयुद्धको विरोध नगरेको बताउदै उक्त गितले अपूर्ण क्रान्तिका पीडा दर्शाएको बताएका छन भने साथै क्रान्तिलाई नयाॅ ढंगले अगाडि बढाउने गर्ने सल्लाह दिएका छन। नेता भट्टराइले गीतका सर्जकलाई किन धम्काउने भन्दै प्रश्न समेत गरेका छन।
म पनि जनयुद्धको एक अगुवा हुनुको नाताले @PrakashSaput को गीतमा टिप्पणी गर्ने अधिकार राख्छु र भन्छु त्यसमा आपत्ति मान्नुपर्ने कुरा छैन।गीतले जनयुद्धको विरोध गरेको छैन।अपूर्ण क्रान्तिका पीडा दर्शाएको छ।त्यसनिम्ति क्रान्तिलाई नयाॅ ढंगले अगाडि बढाउने पो हो।गीतका सर्जकलाई किन धम्काउने? https://t.co/qrkBDBO0bv
— Baburam Bhattarai (@brb1954) March 12, 2022
आफ्नो ट्विटरमा नेता भट्टराई लेख्दछन,”म पनि जनयुद्धको एक अगुवा हुनुको नाताले @प्रकश्सपुत्को गीतमा टिप्पणी गर्ने अधिकार राख्छु र भन्छु त्यसमा आपत्ति मान्नुपर्ने कुरा छैन।गीतले जनयुद्धको विरोध गरेको छैन।अपूर्ण क्रान्तिका पीडा दर्शाएको छ।त्यसनिम्ति क्रान्तिलाई नयाॅ ढंगले अगाडि बढाउने पो हो।गीतका सर्जकलाई किन धम्काउने?“