काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेस सहभागी हुने विषयमा सत्ता गठबन्धमा छलफल भैरहेको बताएका छन् । कांग्रेसलाई सहभागी गराउन सबैभन्दा बढी मन्त्रालय पाएको एकीकृत समाजवादी पार्टीलाई त्याग गर्न भनिएको पनि प्रचण्डले बताए ।
तस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्लि इलेक्सनको सम्भावना नभएको बताउनु भएको छ । सोमबार धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मलेनमा बोल्दै उनले अर्लि इलेक्सन भन्दा पनि स्थानीय तहको चुनावमा आफूहरु केन्द्रित भएको बताए ।
उनले महाधिवेशनको सन्देश दिन र चुनाव केिन्द्रत अभियान चलाउन माओवादीले देशभर कार्यक्रम गरिरहेको पनि बताए । अध्यक्ष प्रचण्डले माओवादीले आफ्नै वलमा चुनाव जित्ने कुरालाई पहिलो प्राथमिकतामा राखेको बताउँदै गठवन्धन गरेर चुनावमा जाने विषय दोस्रो प्राथमिकतामा रहेको बताए।