भीम रावलमाथि प्रधानमन्त्रीको आक्रोस – सत्तामा हुँदा एमसीसी अघि बढाउने अहिले विरोध गर्ने

Breaking News समाचार
शेयर गर्नु होला

काठमाडौ – प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तामा हुँदा अमेरिकी मिलेनिअंम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अघि बढाउनेहरुले अहिले विरोध गर्नुको अर्थ नरहेको बताएका छन ।

सोमबार नुवाकोटको किस्पाङ गाउँपालिकाको प्रशासनिक भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले केपी शर्मा ओली प्रधानमन्त्री हुँदा संसदमा पेश भएको प्रस्ताव नै अहिले पारित भएको बताए । उनले नेकपा (एमाले)क सांसद् भीम रावलप्रति असन्तुष्टि पोख्दै सत्तामा हुँदा एमसीसी अघि बढाउनेहरुले अहिले विरोध गर्नुको अर्थ नरहेको बताएका हुन।

‘केपी ओलीले पेश गर्नुभएको प्रस्ताव पास हुँदा भीम रावलको टाउको किन दुख्यो ? रक्षामन्त्री भएर सरकारमा बस्दा एमसीसीबारे थाहा थियो कि थिएन ? एमसीसी खराब थियो भने त्यसबेला मन्त्रीबाट राजीनामा किन नदिएको ?’ प्रधानमन्त्री देउवाले भने ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *