सिफारिस नभएको बीउ बेच्ने कम्पनीलाई कारबाही गरिने

समाचार
शेयर गर्नु होला

काठमाडौ – सिफारिस नै नभएको ठाउँमा बीउ बिक्री वितरण गर्ने काष्ठमण्डपबाट ट्रेड प्वाइन्टलाई उपभोक्ता संरक्षण ऐनानुसार कारबाही हुने भएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकारीबीच आइतबार भएको छलफलमा उपत्यकाका लागि सिफारिस नभएको चिनियाँ कम्पनीको ‘डीवाई २८’ जातको धानको बीउ बिक्री वितरण गर्ने काष्ठमण्डप ट्रेड प्वाइन्टलाई उपभोक्ता संरक्षण ऐनानुसार कारबाही गर्ने सहमति भएको बीउबिजन गुणस्तर नियन्त्रण केन्द्रका प्रमु्ख बेनुप्रसाद प्रसाईंले बताए । गत वर्ष सो जातको बीउ लगाएका किसानको खेतमा दाना नलागेपछि किसानले क्षतिपूर्तिका लागि आन्दोलन गरेका थिए ।

आन्दोलनपछि काष्ठमण्डप ट्रेड प्वाइन्टले क्षतिपूर्ति दिन राजी भएको थियो । कीर्तिपुर र बूढानीलकण्ठका किसानलाई क्षतिपूर्ति वितरण पनि ग¥यो तर कानुनले तोकेको जरिवानाभन्दा बढी रकम क्षतिपूर्तिमा नै जाने देखेपछि कम्पनी पछाडि हटेको हो।

अरू बाँकी किसानलाई क्षतिपूर्ति नदिने भएपछि किसानले पुनः आन्दोलन सुरु गरेको छ । कष्ठमण्डपका सञ्चालकले बरु जेल बस्छु तर किसानलाई क्षतिपूर्ति दिन नसकिने भनेपछि कृषि मन्त्रालयले कानुनी कारबाहीका लागि उद्योग मन्त्रालयसँग छलफल गरेको हो ।गोरखापत्रबाट


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *