चुनाव प्रचारप्रसार जुट्न माधव नेपालको आव्हान

Breaking News राजनीति
शेयर गर्नु होला

काठमाडौ – सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय निर्वाचनको प्रचार प्रसारमा जुट्नु सबैमा आव्हान गरेका छन। बिहीबार काठमाडैंमा आयोजित होली पर्वको शुभकामना आदनप्रदान कार्यक्रममा उनले खासगरी पार्टीको चुनाव चिन्ह ‘कलम’ को कमाल स्थानीय चुनावमा देखिनुपर्ने भनेका हुन ।

‘सत्य र न्यायको प्रतिकमा रहेको कलम, प्रचार अभियानमा गाउँ–बस्तीमा जुटौं, भन्दै उनले पार्टी, संगठन र जनपरिचालनमा जुट्न आव्हान गरे। पार्टीको सामथ्र्य राष्ट्रिय सभाको चुनामा देखाइसकेको र अब स्थानीय चुनावमा हाम्रो सामथ्र्य देखिन्छ, हामीलाई खिसिट्युरी गर्नेको हरिबिजोग देखिन्छ । होलिका दहन भैजस्तै त्यस्ताहरुको दहन हुने उनले भनेका छन ।

आउँदो वैशाख ३० को चुनावले जनतालाई यही फैसला गर्ने अधिकार दिएकाका कारण चुनावबाट प्रतिगामी भूमिका खेल्नेहरु दण्डित हुनुपर्ने र असल चरित्र र पात्रलाई अघि सार्नुपर्ने पनि उनले बताए । यसका लागि मिडियाले पनि साँचो, गलत वा के कुरा कमर्सियल हो भन्ने कुरा छुट्याएर जनतामाझ सत्य, तथ्य नबंग्याइकन सूचना सम्प्रेषण गर्नुपर्ने पनि उनले बताए ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *