युक्रेन युद्धका कारण विश्वमै खाद्य असुरक्षा बढ्न सक्ने

अन्तर्राष्ट्रिय
शेयर गर्नु होला

संयुक्त राष्ट्रसंघ – संयुक्त राष्ट्रसंघीय खाद्य कार्यक्रम फुड एण्ड एग्रिकल्चर अर्गनाइजेसन, एफएोका प्रमुख अर्थशास्त्रीले हाल युक्रेनमा जारी रहेको युद्धका कारण विश्वमा नै खाद्य असुरक्षा बढ्न सक्ने बताएका छन् । उनले रुस र युक्रेनका बीचमा जारी रहेको युद्धका कारण खाद्यान्नको अभाव बढ्न सक्ने चेतावनी दिएका समाचारमा जनाइेको छ ।

प्रमुख अर्थशास्त्री म्याक्सिमो टोरेरोले यो युद्धका कारण विश्वमा नै खाद्यान्नको मूल्य महँगो हुने र जसका कारण अभाव पनि हुनसक्ने बताए । उनका अनुसार युरोपलगायतका क्षेत्रमा पछिल्लो यस युद्धले गर्दा खाद्यान्नको आपूर्तिमा कमी आउन सक्ने पनि उहाँले बताएका छन ।

यस युद्धका कारण चामल, गहुँ र मकैको मूल्यमा भारी मात्रामा बृद्धि हुनसक्ने अनुमान उनल् गरेका छन । उनले भनेका छन – युद्धका अरु पनि असरहरु होलान् तर मलाई लाग्छ यसले खाद्यान्न उत्पादन, यसको आपूर्ति र उपलब्धतामा धेरै असर गर्ने देखिएको छ, खाद्यान्नको आपूर्ति र उपलब्धताको कुरा पेट्रोलियम पदार्थका कारण पनि महँगीमा असर गर्न सक्छ । संयुक्त राष्ट्रसंघीय मुख्यालय न्युयोर्कमा सम्वाददाताहरुसँग उनले सो धारणा राख्नुभएको हो ।

उनले यो युद्ध जति समय बढ्दै गयो त्यति नै खाद्यान्नको अभाव बढ्दै जाने अनुमान उनले गरेका हुन । रुसले युक्रेनमा सैन्य आक्रमण जारी राखेको छ । तीन हप्तादेखि रुसले युक्रेनमा हमला जारी राखेको छ ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *