युद्ध सुरु भएपछि ‘युक्रेनबाट २० लाख मानिस पोल्यान्डमा’

अन्तर्राष्ट्रिय
शेयर गर्नु होला

एजेन्सि – युक्रेनमा युद्ध सुरु भएपछि झन्डै २० लाख मानिस युक्रेनबाट पोल्यान्ड छिरेको जानकारी पोलिश सीमा सुरक्षा निकायले दिएको छ।

पोल्यान्ड आएका झन्डैै पाँच लाख मानिस अन्यत्र गैसकेको वार्सा विश्वविद्यालयमा कार्यरत आप्रवासनसम्बन्धी अनुसन्धानकर्ता प्राध्यापक माचे दुश्चकले बताएका छन्। बुधवार मात्र ६०,००० मानिसले सीमा पार गरेको सीमा सुरक्षाबलले जनाएको छ।

उक्त सङ्ख्या मङ्गलवारको भन्दा ११ प्रतिशत कम हो। बिहीवार जीएमटी ६ बजेसम्म १२,००० जना युक्रेनबाट पोल्यान्ड प्रवेश गरेका थिए। बुधवार सोही अवधिमा सीमा पार गर्ने मानिसको सङ्ख्या १३,६०० थियो। पोल्यान्ड छिरेका अधिकांश शरणार्थीहरू वार्सा, क्राको र व्रोक्लाजस्ता ठूला सहरमा गएका छन्।बिबीसीबाट


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *