काठमाडौं – स्थानीय तहका जनप्रतिनिधिले राजीनामा दिएमात्रै उम्मेदवारी दिन पाउने भएका छन्।
हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले २०७८ चैत ७ गते दायर गर्नुभएको रिट मंगलबार सर्वोच्चका न्यायाधीशद्वय तेजबहादुर केसी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले खारेज गरेको हो।
जनप्रतिनिधिले स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिनुअघि राजीनामा गर्नुपर्ने निर्वाचन अयोगको निर्णयविरुद्ध शेर्पाले सर्वोच्चमा रिट निवेदन दिनुभएको थियो।
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा बहालवाला जनप्रतिनिधि उम्मेदवार बन्न मनोनयन दर्ता गर्नु अघि नै राजीनामा दिनुपर्नेछ। वैशाख ३० को स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न चाहनेले वैशाख ११ र १२ गते मनोनयन दर्ता गर्नुपर्नेछ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा अध्यक्षमेयरले उपाध्यक्षउपमेयरलाई र उपाध्यक्षउपमेयरले अध्यक्षमेयरलाई राजीनामा दिनुपर्ने व्यवस्था छ।