काठमांडौ – चर्चित कलाकार तथा सुर्य चन्द्र अंकित वाईडबडी जहाजका क्याप्टेन बिजय लामाद्वारा भरतपुरकी तात्कालिन मेयर रेणु दाहालद्वारा उनको कार्यकालमा गरिएको कार्यलाई लिएर सामाजिक संजालमा गरिएको प्रतिकृया अहिले निकै चर्चाको बिषय बन्न पुगेको छ।
हिजो बेलुकामात्रा आफ्नो सामाजिक संजाल फेसबुकमा एक पोष्ट गर्दै कयाप्टेन लामाले भरतपुरकी तात्कालिन मेयर रेणु दाहालको गएको ५ बर्षको कार्यकालको निकै प्रशंसागर्दै पुर्ब मेयर दाहाल द्वारा भरतपुरको मुहारमा जे जति परिवर्तन ल्याउन खोज्नुभयो त्यसप्रति आफ्नो उच्च सम्मान रहेको बताएका छन। साथै आफुले रेणु दाहाललाई चिनेको भनेको भरतपुर नगरपालिकाको फेरिएको मुहारले गर्दा हो भनी बणन गरेका छन।
साथै काप्टेन लामाले एउटा नेपाली चेलीले अगाडि बढाएका योजना, गरेको विकास र उपलब्धी साँच्चै गर्व गर्न लायक रहेको बताउदै तात्कालिन मेयर रेणु दाहालले गरेका उदाहरणीय कामलाई नजरअन्दाज गर्न सकिँदैन भनेका छन। क्याप्टेना लामा लेख्दछन; “पार्टी जुनसुकै होस् व्यक्ति र परिवेश जस्तो सुकै होस् हामीलाई चाहिएको विकास र समृद्धि हो। विकास र समृद्धिको लागि दिलोज्यान दिएर काम गर्ने नेता नै नेपाली जनताको रोजाई बन्नुपर्छ। यस्तै चेलीहरु नेतृत्वमा आएर खुरुखुरु काम गरेर देशलाई समृद्ध बनाउनुपर्छ।”
सथानिय तहको चुनाब नजिकिदै गर्दा क्याप्टेन लामाले केही दिन पछी चुनाव आउँदै गरेको परिपेक्षमा उक्त दौरानमा अनेक जुक्ति लगाएर असललाई विपक्षीले सजिलै खराब करार गर्छन् भन्दै खराबहरु एकदमै असल ठहरिन लाख कोशिस गर्छन् भनेका छन।
साथै उनले नेपाली जनतालाई चाहिएको विकास र समृद्धि हो। त्यसका लागी आफ्नो गाउँ शहरलाई विकसित, सुरक्षित र समृद्ध बनाउछु भनेर जनतालाई ठुला ठूला सपना देखाएका हजारौं नेता आज मेयरको कुर्सीमा रहेको र केहि नेताहरू पुन मेयरको कुर्सीको लागि लड्न तयार रहेको बताएका छन । यस्तोमा कसले कति गर्यो त्यसको लेखाजोखा जनताले गर्नैपर्छ भन्ने आफ्नो प्रतिकृया जनाएका छन।