काठमांडौ – नेपालको सर्बाधिक चर्चित र निकै पौराणिक भाषा मैथिली र नेपाली भाषाको समिश्रण गरी नया अबधारणा अनुरुप तयार पारिएको नया गित “चम्कय जेना चाँदनी लाग्यो मलाई मोहनी” बोलको भिडिओ गित हिजो सार्बजनिक गरिएको छ।
बुढा सुब्बा डिजिटलको आधिकारिक युटुब च्यानलबाट सार्बजनिक गरिएको उक्त भिडिओ गितमा पहिलो पटक नयाँ स्वाद र नयाँ अवधारणामा सार्वजनिक भएको गीतमा पुरूष आवाज मैथिली भाषामा छ भने नारी आवाज नेपाली भाषामा सुन्न पाईन्छ ।
सरोज मंडलको शब्द, शैलेन्द्र विश्वकर्माको संगीत तथा शैलेश कुमार मिश्र एवं ज्योति विश्वकर्माको स्वर रहेको छ । यस भिडियोमा अभिशेष रोशन तथा नम्रता अर्यालको अभिनय देख्न सकिन्छ ।
टेक्निकल पक्षको कुरा गर्दा छायांकन संकल भुजेल को रहेको छ भने दृश्य सम्पादन तथा रंग संयोजन कृष्ण भण्डारी ले गर्नु भएको छ । नृत्य सुरेश पाण्डे को छ । भिडियोको निर्देशन भने कलाकार तथा निर्देशक अमितेश शाहले गर्नुभएको हो ।